Kathmandu Press

तीनकुनेमा प्रदर्शन र सभा गर्न नदिन सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

समितिको बैठकले तीनकुने र आसपासका क्षेत्रमा प्रदर्शन गर्न नदिन भन्दै  चैत १५ को राजावादीको प्रदर्शनमा आपराधिक गतिविधिमा संलग्न सबै दोषीमाथी कारवाही गर्न समेत भनेको छ। 
तीनकुनेमा प्रदर्शन र सभा गर्न नदिन सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं, चैत २२ : प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कोही कसैलाई प्रदर्शन गर्न नदिन सरकारलाई निर्देशन दिएको छ। 

राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकपछि सरलाई उक्त निर्देशन दिइएको हो। 

समितिको बैठकले तीनकुने र आसपासका क्षेत्रमा प्रदर्शन गर्न नदिन भन्दै  चैत १५ को राजावादीको प्रदर्शनमा आपराधिक गतिविधिमा संलग्न सबै दोषीमाथी कारवाही गर्न समेत भनेको छ। 

साथै, संलग्न सबैलाई कानूनी दायरमा ल्याउन, यस्ता घटना दोहोरिनबाट रोक्न र गणतन्त्रको रक्षामा लाग्न पनि निर्देशन दिएको छ । बैठकपछि समितिका सभापति रामहरी खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएका हुन्।

यस्तै, समतिले नेपाल प्रहरी र सशस्त्र प्रहरी साधन स्रोत पर्याप्त बनाउने उचित बजेटको व्यवस्था गर्न समेत निर्देशन दिएको छ।
 
प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, चैत २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्