Kathmandu Press

सुप्रीम सहकारी ठगी प्रकरण : उच्च अदालत बुटबलमा रवि र छविको बहश सकियो, आदेशको तयारी 

जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए।
सुप्रीम सहकारी ठगी प्रकरण : उच्च अदालत बुटबलमा रवि र छविको बहश सकियो, आदेशको तयारी 

बुटबल, चैत २२ : बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा मुछिएका रास्वपा सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशी वञ्जाडेले दिएको निवेदनमा उच्च अदालतमा सुनुवाइ सकिएको छ। 

जिल्ला अदालतले दिएको आदेश खारेजीको माग गर्दै लामिछाने र वञ्जाडे निवेदन लिएर उच्च अदालत पुगेका थिए। 

जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए। उक्त रिटमा शुक्रबार बहस सकिएपछि आदेशको तयारी भइरहेको छ। 

सरकारी वकील, सहकारी पीडित र प्रतिबादीका कानुनव्यवसायीले भर्खरै बहस सकाएका हुन्। बिहीबार बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’ अवस्थामा राखिएको थियो।

यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटी तारिखमा छाडेको थियो। जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको थियो। 

प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, चैत २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्