Kathmandu Press

बैंककमा ओली र मोदीबीच भेट

बैंककमा भएको बिम्स्टेक शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँग साइड लाइन वार्ता गरेका हुन्।
बैंककमा ओली र मोदीबीच भेट

काठमाडौं, चैत २२ : बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्डमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेकाछन्। 

बैंककमा भएको बिम्स्टेक शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँग साइड लाइन वार्ता गरेका हुन्। भेटवार्ता चलिरहेको छ।

उनीहरूबीचको छलफलको विषय भने बाहिर आएको छैन। भेटमा दुवै पक्षका परराष्ट्रमन्त्री आरजु राणा तथा एस जयशंकरसहितको टोली पनि सहभागी छन्।

ओली गत सोमबार नै औपचारिक भ्रमणका लागि थाइल्यान्ड पुगेका थिए भने मोदी बिहीबार साँझ मात्र त्यहाँ पुगेका थिए।

प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, चैत २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्