Kathmandu Press

समाजवादी मोर्चालाई गृहमन्त्रीको धन्यवाद, राजावादीहरु ‘उच्छृंखल र अमानवीय’ 

गृहमन्त्री लेखकले चैत १५ गते जस्तो आपराधिक गतिविधिमा सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने बताए।
समाजवादी मोर्चालाई गृहमन्त्रीको धन्यवाद, राजावादीहरु ‘उच्छृंखल र अमानवीय’ 

काठमाडौं, चैत २२ : गृहमन्त्री रमेश लेखकले शन्तिपूर्ण प्रदर्शन गरेको भन्दै समाजवादी मोर्चालाई धन्यवाद दिएका छन्।

चैत १५ गते काठमाडौंमा आयोजित प्रदर्शनबारे जवाफ दिन शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मोर्चाको शन्तिपूर्ण प्रदर्शन भए पनि राजावादीको प्रदर्शनलाई उनले ‘हिंसात्मक, अमानवीय, अमर्यादित र उच्छृंखल’को संज्ञा दिए।

Hardik ivf

‘त्यो कार्यक्रममा आलोचनाका कुराहरू पनि भए, आफ्ना विचारका अभिव्यक्ति पनि भए। लोकतान्त्रिक मूल्य र मान्यताअनुरूप अत्यन्तै सभ्य र भव्य ढंगले कार्यक्रम सम्पन्न भयो । त्यसकारण समाजवादी मोर्चाका कार्यक्रम आयोजक साथीहरूलाई म धन्यवाद दिन चाहन्छु,’ गृहमन्त्री लेखकले भने, ‘राजावादीहरुको प्रदर्शन नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, समावेशी शासन व्यवस्था र समावेशी चरित्रको हामीले अवलम्बन गरेको राज्यव्यवस्था, राज्य प्रबन्ध र व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो।’

गृहमन्त्री लेखकले चैत १५ गते जस्तो आपराधिक गतिविधिमा सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने बताए। उनले अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएकोमा आफू स्पष्ट रहेको बताए।

‘धवलशम्शेर राणा, रविन्द्र मिश्रसहितलाई नियन्त्रणमा लिइएको छ। अनुसन्धानको क्रम जारी छ, सलग्न रहेकाको खोजी कार्य जारी रहेको छ । संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो,’ उनले भने, ‘जसरी आपराधिक गतिविधि भए, त्यसरी नै सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने थियो। अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएका थिए भन्नेमा स्पष्ट छु।’
 

प्रकाशित मिति: १५:३४ बजे, शुक्रबार, चैत २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्