Kathmandu Press

‘एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिंग र भताभुंग हुन्छ’  

प्राधिकरणमा रहेर आफूले लोडसेडिङ अन्त्य गर्नेदेखि, संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका कार्यहरू इमानदारीपूर्वक सम्पन्न गरेको बताए। 
‘एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिंग र भताभुंग हुन्छ’  

काठमाडौं, चैत २२ : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव नभएका बताएका छन्। 

बर्खास्तीमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यो समग्र सफलता प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम रहेको बताएका हुन्। 

Hardik ivf

‘यी सबै कार्यहरू नतिजामुखी नेतृत्व र जबाफदेहितामा आधारित थिए, मेरो प्रतिबद्धता सधैँ जनताको सेवा प्रति समर्पित रहनेछ। प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव थिएन,’ उनले भने, ‘प्राधिकरण अहिलेको अवस्थामा पुग्नु प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम हो।’

उनले राष्ट्र निर्माणमा जहाँ आवश्यकता पर्छ त्यहाँ योगदान दिन तयार रहेको बताउँदै प्राधिकरणमा रहेर आफूले लोडसेडिङ अन्त्य गर्नेदेखि, संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका कार्यहरू इमानदारीपूर्वक सम्पन्न गरेको बताए। 

कुलमानले एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिंग हुनसक्ने अवस्था विद्यमान रहेको टिप्पणी गरे। 

‘प्रभावकारी नेतृत्व, स्पष्ट भिजन, र पारदर्शी विधिबाट प्राप्त यो सफलताको नमुना अब देशका अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ भन्ने मलाई दृढ विश्वास छ,’ उनले भने, ‘तर एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निर्णयले क्षण भरमा संस्था लथालिंग र भताभुंग हुनसक्ने अवस्था विद्यमान छ। यसको लागि सदैव खबरदारी गर्नु आवश्यक हुन्छ।’

पत्रकार सम्मेलमा कुमानले विगतदेखि नै आफूमाथि चौतर्फी रूपमा प्रहारका प्रयास भएकाले आगामी दिनमा सजग रहने बताए। 

‘विगतदेखि नै आफूमाथि चौतर्फी रूपमा प्रहारका प्रयास भइरहेका छन्, यसमा म  सजग रहने छु। राज्यले दिएको जिम्मेवारी इमानदारी र निष्ठाकारसाथ पूरा गर्दा मलाई केही स्वार्थी समूहबाट मेरो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी विगतबाटै प्रत्यक्ष÷अप्रत्यक्ष चौतर्फी रूपमा प्रहारका प्रयास भएका थिए,’ कुलमानले पत्रकार सम्मेलनमा भने।
 

प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, चैत २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्