तीनकुने घटनामा छानबिन आयोग गठन गर्न माओवादीकाे माग
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सांसद दुर्गा राईले यस्तो माग गरेका हुन्।
काठमाडौं, चैत २१ : प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले राजावादीको प्रदर्शनको घटनाबारे अनुसन्धान गर्न छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सांसद दुर्गा राईले यस्तो माग गरेका हुन्।
प्रमुख सचेतक पाण्डेले बालकुमारीमा भएको यस्तै घटनामा छानबिन आयोग नै बनेको बताए । उनले गृहमन्त्रीले समितिको बैठकमा छानबिन आयोग गठनको कुरा नगरेको भन्दै पाण्डेले असन्तुष्टी पनि पोखे।
माओवादी केन्द्रीकी सांसद दुर्गा राईले पनि प्रहरीको अनुसन्धानबाट मात्रै सबै विषय बाहिर नआउने बताउँदै छानबिन आयोग नै गठन गर्नुपर्ने माग गरिन्। सुरक्षाकर्मीबाट आएको प्रतिवेदनले मात्रै तिनकुने घटनाको विषय सम्बोधन हुन नसक्ने भनाई उनको थियो।
सांसद राईले उनले सरकाले एकै दिन दुई वटा कार्यक्रमका लागि अनुमति दिएर लापरबाही गरेको पनि बताइन् ।
‘१४ गते निर्मल निवासमा कमाण्डर परिवर्तन गरेर फोटो सार्वजनिक गर्दा सरकार किन मौन भएर बस्यो ? सरकारको तयारी किन पुगेन? अबदेखि यस्ता घटनामा सरकार सचेत रहोस्,’ उनको भनाई थियो ।
सरकारले अध्यादेश पारित गर्नमा मात्रै ध्यान दिएका कारण राजावादीको प्रदर्शन र सदनमा जवाफका लागि ध्यान नदिएको दाबी समेत गरिन्।