Kathmandu Press

जनमत पार्टीका अनुशासन समितिका संयोजक नै निलम्बनमा 

अनुशासन समितिका संयोजक दीपककुमार साहलाई स्पष्टीकरण चित्त बुझ्दो नभएको बताउँदै ६ महिना निलम्बन गरिएको हो। 
जनमत पार्टीका अनुशासन समितिका संयोजक नै निलम्बनमा 

काठमाडौं, चैत २१ : जनमत पार्टीका उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक दीपककुमार साहलाई छ महिनाका लागि निलम्बन गरिएको छ। 

साहलाई सात दिने स्पष्टीकरण सोधिएको तर, पार्टीमा पेस गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएको बताउँदै ६ महिना निलम्बन गरिएको हो। 

Hardik ivf

केन्द्रीय समितिको बैठक बस्नु अघि पार्टीले उनलाई छ महिनाका लागि निलम्बिन गरेको जनाइएको छ। 

साहविरुद्ध पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्बाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्धमा गतिविधि गरेको लगायतका विभिन्न आरोप लगाइएको छ। 
 

प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, चैत २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्