बिरामी हुनै नदिने उपाय खोज्न जरुरी छ : मन्त्री पौडेल
उनले बिरामी बढाउने नभैइ बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्र्तगत कामहरु गर्न जरुरी रहेको बताए।---2025-04-04T131537.639-1743751877.jpg)
काठमाडौं, चैत २२ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रबाट लाभ लिन र यसलाई आयुर्वेद पर्यटन केन्द्रका रुपमा विकास गर्न स्थानियहरुको धेरै ठूलो भूमिका रहने बताए।
शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानिलकण्ठ काठमाडौंको सेवा उद्घाटन गर्दै उनले आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रमा पर्यटकहरु उपचार सेवा लिनको यहाँ आउने स्थिति बनाउन सबैले प्रयत्न गर्न जरुरी रहेको बताए।
‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानिलकण्ठ काठमाडौंको सेवाबाट लाभ लिन र यसलाई आयुर्वेद पर्यटन केन्द्रका रुपमा विकास गर्न स्थानियहरुको धेरै ठूलो भूमिका रहन्छ । स्थानियहरुको साथ सहयोगले नै आयुर्वेद पर्यटन केन्द्रका रुपमा विकास हुने भएकाले म त्यसको निम्ती सबैलाई अपिल समेत गर्न चाहन्छु,’ उनले भने, ‘यो हाम्रो क्षेत्रमा, हाम्रो ठाउँमा यो बनेको छ। यसलाई चाहिँ नेपालकै पञ्चकर्मको केन्द्र अथवा पर्यटकहरु उपचार सेवा लिनको निम्ती यहाँ आउने स्थिती बनाउनका निम्ती हामी सबैले प्रयत्न गर्न जरुरी छ।’
मन्त्री पौडेलले उपचार कसरी गर्ने भन्ने बारेमा केही उपलब्धिहरु भए पनि त्यसले पूर्णता प्राप्त गर्न नसकेको बताए । उनले बिरामी बढाउने नभैइ बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्र्तगत कामहरु गर्न जरुरी रहेको बताए।
‘बिरामी भएपछि उपचार कसरी गर्ने भन्ने बारेमा हामीले केही हदसम्म बहस गरिरहेका छौं। केही उपलब्धिहरु पनि भएका छन् तर त्यसले पूर्णता प्राप्त गर्न सकेको छैन,’ उनले भने, ‘यसरी नै बिरामीको संख्या बढ्ने हो भने हामीले बिरामीहरुको उपचार गर्ने विषयलाई पूर्णतातिर होइन,अझ अपुग हुने स्थिती बन्छ। हामीले बिरामी बढाउने होइन, बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्र्तगत कामहरु गर्न जरुरी छ।’
नेपालीलाई रोग लाग्न नदिन के–के उपाय अपनाउन सकिन्छ भनेर स्वास्थ्य मन्त्रालय कोशिस गरिएको उनले बताए।