Kathmandu Press

महानगरका कर्मचारीले सोमबारसम्म तलब पाउने

प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले शुक्रबार कर्मचारीको तलबमा तोक लगाएपछि कर्मचारीले सोमबारसम्म तलब पाउने भएका हुन्।
महानगरका कर्मचारीले सोमबारसम्म तलब पाउने

काठमाडौं, चैत २३ : काठमाडौं महनगरपालिका कर्मचारीले सोमबारसम्म तबल पाउने भएका छन्। 

प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले शुक्रबार कर्मचारीको तलबमा तोक लगाएपछि कर्मचारीले सोमबारसम्म तलब पाउने भएका हुन्।

प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई मेयर बालेन शाहले कार्यालय प्रवेश रोक लगाए पछि महागनरका कर्मचारीले पुसदेखि तलब पाउन सकेका थिएनन्। कार्यालय प्रवेशमा रोक लगाएपछि उनी गत पुस ७ गतेदेखि बिदामा बसेका थिए।

उनी बिहीबार महानगरमा हाजिर हुन गएका थिए। उनलाई रोक्न मेयर बालेनले महानगर प्रहरी खटाए पनि उनलाई कर्मचारीहरुले कार्यालय प्रवेश गराएका थिए। 
 
प्रकाशित मिति: १२:३८ बजे, शुक्रबार, चैत २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्