ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा नेपाली कांग्रेस हो : डा. प्रकाश शरण महत
उनले वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको सहयोग नेपाली कांग्रेसलाई र नेपाली कांग्रेसको सहयोग र समर्थन नेपाल वित्तीय संस्थालाई हुने बताए।---2025-04-04T104135.566-1743742898.jpg)
काठमाडौं, चैत २२ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले टे«ड युनियन अधिकार र लोकतन्त्रको अगुवा अहिले पनि नेपालको सन्र्दभमा नेपाली कांग्रेस नै भएको बताएका छन्।
शुक्राबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको ३५औं स्थापना दिवसको अवसरमा बोल्दै उनले पार्टीले धेरै उतारचढाव बेहोरेको भए पनि नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी भएको बताएका हुन्।
‘टे«ड युनियन अधिकार र लोकतन्त्रको अगुवा अहिले पनि नेपालको सन्र्दभमा नेपाली कांग्रेस नै हो। नेपाली कांग्रेस लामो इतिहास भएको पार्टी हो। धेरै उतारचढाब यसले बेहोरेको छ,’ उनले भने, ‘यो उतारचढाबको क्रममा अहिले कतिपय कमिकमजोरी पनि गर्यौं होला। तर हामी गर्वका साथ भन्छौं अहिले पनि सर्वोत्कृष्ट पार्टी नेपाली कांग्रेस नै हो।’
नेता महतले नेपाल वित्तीय संस्थाले पाउनुपर्ने हरेक अधिकार नेपाली कांग्रेसको अगुवाई र समर्थनबिना सम्भव नहुने बताए। उनले वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको सहयोग नेपाली कांग्रेसलाई र नेपाली कांग्रेसको सहयोग र समर्थन नेपाल वित्तीय संस्थालाई हुने बताए।
‘त्यसैले नेपाल वित्तीय संस्था कर्मचारीहरुले जुन अधिकारको कुरा गरिरहनु भएको छ त्यो अधिकार नेपाली कांग्रेसको अगुवाई र समर्थनबिना सम्भव हुँदैन। नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको सहयोग नेपाली कांग्रेसलाई र नेपाली कांग्रेसको सहयोग र समर्थन नेपाल वित्तीय संस्थालाई हुने नै छ,’ उनले भने।
यसैगरी उनले नेपाल वित्तीय संस्था कर्मचारीसँग जोडिएका विषयहरुलाई पनि गम्भिरताका साथ हेरेको बताए। उनले नेपाल वित्तीय संस्थालाई अधिकार र जिम्मेवारीलाई सँगसँगै लिएर जानुपर्ने बताए।