Kathmandu Press

काठमाडौंको एक्यूआई आज २३२ मा झर्‍याे

वातावरण विभागले सूचना निकालेर घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अनुरोध गरेको छ। 
काठमाडौंको एक्यूआई आज २३२ मा झर्‍याे

काठमाडौं, चैत २२ : काठमाडौं उपत्यकामा हिजो, अस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ। वायुको वेग हिजोको तुलनामा आज धेरै भएकाले प्रदूषण केही घटेको हो। 

हावाको गुणस्तर मापन गर्ने आईक्यू एअरका अनुसार आज पनि काठमाडांै विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ। तर काठमाडाैंको वायुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) भने हिजोको भन्दा घटेको छ।

हिजो ३५२ रहेको एक्यूआई आज २३२ मा झरेको छ। हावाको गुणस्तर मापन सूचक एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई सबैका लागि खतरनाक अवस्था मानिन्छ। हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप बढेको छ।

वातावरण विभागले सूचना निकालेर घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अनुरोध गरेको छ। 

यस्तै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान अनुरोध गरेको छ।
 

प्रकाशित मिति: १०:१० बजे, शुक्रबार, चैत २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्