बूढानीलकण्ठमा रक्तदान शिविर, ५६ पाउण्ड रगत संकलन
काठमाडौं, वैशाख २० : रत्तदान नै जीवनदान भन्ने नारासहित शनिबार बूढानीलकण्ठमा आयोजित रक्तदान शिविरमा ५६ पाउण्ड रगत संकलन भएको छ।
सं....
काठमाडौं, वैशाख २० : रत्तदान नै जीवनदान भन्ने नारासहित शनिबार बूढानीलकण्ठमा आयोजित रक्तदान शिविरमा ५६ पाउण्ड रगत संकलन भएको छ।
संघीय सांसद एवम् पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा कम्युनिटी केयर नेपालले बूढानीलकण्ठ नगरपालिका-१३ स्थित हार्मोनी किड्स स्कूलमा रत्तदान कार्यक्रम अयोजना गरेको थियो।
कोरोनो भाइरस (कोभिड-१९) को महामारीले विश्वलाई आक्रान्त बनाइरहेको अवस्थामा रगतको अभाव हुनसक्ने संभावनालाई ध्यानमा राखेर शिविर अयोजना गरेको समाजका अध्यक्ष बिजेन्द्र श्रेष्ठले बताए। शिविरमा ५६ जनाले रत्तदान गरेका थिए। सामाजिक दूरी कायम राख्दै कार्यक्रम गरिएको श्रेष्ठले बताए।
कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी, बागमती प्रदेश सभा सदस्य एवम् लेखा समिति सभापति न्हुक्षे नारायण श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ (ख) का संयोजक बिनोद चालिसेलगायत सहभागी थिए।