Kathmandu Press

सिट घटाउने चिकित्सा शिक्षा आयोगको निर्णयमाथि सर्वोच्चको रोक 

सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) मा चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनमा तत्कालका लागि रोक लगाएको छ।
सिट घटाउने चिकित्सा शिक्षा आयोगको निर्णयमाथि सर्वोच्चको रोक 

काठमाडौं, चैत २१ : सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) मा चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनमा तत्कालका लागि रोक लगाएको छ।

सर्वोच्चले निजी मेडिकल कलेजको सिट घटाएर म्याचिङ अघि बढाउने आयोगको निर्णय कार्यान्वन रोक्न अल्पकालीन आदेश जारी गर्दै सर्वोच्चले चैत २६ गतेका लागि पक्षविपक्षलाई छलफलमा डाकेको हो।

पीजी अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थी डा. सुजन न्यौपानेसमेत १४ जनाले दायर गरेको रिट निवेदनमा विहीबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ भएको थियो।

सुनुवाइपछि न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आयोगसँग लिखित जवाफ माग गर्दै २६ गतेसम्मका लागि निर्णय कार्यान्वयन रोकेको हो।

चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट घटाएर म्याचिङ अघि बढाउने निर्णय गरेको थियो।

अब यो बिबादमा अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने बिषयमा रिट निवेदक र विपक्षी सरकारविच छलफल भई निर्णय दिइने छ।

निजी मेडिकल कलेजले आठौँ तह बराबरको निर्वाह भत्ता नदिने भएपछि आयोगले १७ वटा निजी मेडिकल कलेजको सिट कटौती गरेर म्याचिङ सुरु भएको थियो।

 

प्रकाशित मिति: १८:१२ बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्