Kathmandu Press

कुलमान र हितेन्द्रको सुनुवाई सकियो, आजै आदेश आउने 

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा घिसिङ र शाक्यको रिटमाथि सुनुवाइ सकिएको हो। दुवै रिटमा आजै आदेश आउने भएको छ। 
कुलमान र हितेन्द्रको सुनुवाई सकियो, आजै आदेश आउने 

काठमाडौं, चैत २१ : ‘हेर्दाहेदै’ मा राखिएको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि विहीबार सुनुवाइ सकिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा घिसिङ र शाक्यको रिटमाथि सुनुवाइ सकिएको हो। दुवै रिटमा आजै आदेश आउने भएको छ। 

घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको माग गरेका छन्।

नवनियुक्त शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङलाई ल्याइएकोले उनको नियुक्ति भएकाले अवैध रहेको जिकिर लिएका छन्। 

यसअघि गत शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि डाकेका थिए। दुवै रिटमा सर्वोच्चले विपक्षीहरूसँग लिखित जवाफ मागिसकेको छ। 

सरकारले पदबाट बर्खास्त गरेपछि पद बहालीका लागि कुलमान सर्वोच्च पुगेका हुन् भने नवनियुक्त हितेन्द्रमान शाक्य कुलमानको पदावधि सकिएको दाबी लिएर गएका हुन्। नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पहिले आफुले दिएको पुरानो रिटमा निर्णय गरिनुपर्ने मागदाबी गरेका छन्। 

कुलमानको थमौती गर्न अन्तरिम आदेश दिने वा नदिने बिषयको छिनोफानो आजै हुने भएको छ । 

 


 

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्