Kathmandu Press

वनमन्त्री शाहीले अवलोकन गरे राजावादीहरूले आगो लगाएको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्र 

मन्त्री शाहीले प्रारम्भिक क्षति मुल्याङकनमा करिब २८ करोडको हाराहारीमा क्षतिको बिवरण आएको र भोलि घटबढ हुनसक्ने पनि जानकारी दिए। 
वनमन्त्री शाहीले अवलोकन गरे राजावादीहरूले आगो लगाएको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्र 

काममाडौं, चैत २१ : वन तथा वातावराणमन्त्री ऐन बहादुर शाहीले चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरेका छन्। 

बिहीबार अवलोकनपछि सञ्चाकर्मीहरुसँगको कुराकानीमा उनले आगलागीपछि निरन्तर रुपमा त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अत्यन्तै जटिल रहेको बताए। 

Hardik ivf

मन्त्री शाहीले प्रारम्भिक क्षति मुल्याङकनमा करिब २८ करोडको हाराहारीमा क्षतिको बिवरण आएको र भोलि घटबढ हुनसक्ने पनि जानकारी दिए। 

‘घटनापछि निरन्तर रुपमा कम्पनीको व्यवस्थापन र कर्मचारीहरुको परिस्थिति अत्यन्तै जटिल छ। हामीले त्यो बुझिरहेका छौं,’ उनले भने, ‘अब यसलाई छिटो भन्दा छिटो सञ्चालन गर्न, प्रारम्भिक क्षति मुल्याङकन गर्न सम्बन्धित प्राविधिकहरु,  विज्ञहरु राखेर प्रारम्भिक मूल्याङकन गरेको छ। करिब २८ करोडको हाराहारीमा क्षति भएको र यसमा घटबढ हुनसक्छ।’

उनले केन्द्रलाई तत्काल सञ्चालन गर्नको लागि १० करोड जतिको रकम आवश्यकता देखिएको भन्दै सञ्चालनको लागि मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको पनि बताए। 
‘तत्काल सञ्चालन गर्नको लागि १० करोड जतिको रकम भयो भने अस्थायी रुपमा सञ्चालन गर्न सक्छौं भन्ने कुरा आएको छ। त्यो सबै मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको  । प्रकृयागत रुपमा अगाडि बढ्दै छौं,’ उनले भने।

उनले केही दिनभित्र चाँडै सबै प्रकृया पूरा गरेर केन्द्र सञ्चालन गर्ने पनि जानकारी गराए। 
 

प्रकाशित मिति: १६:४२ बजे, बिहीबार, चैत २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्