Kathmandu Press

श्रम ऐन संशोधनका लागि सिफारिस गर्न मन्त्री चौरासियाको सुझाव

उनले बैदेशिक रोजगारमा गएका तथा फर्केर आएका कामदारको बीमाको हकमा हकवाला भनेर पाउने भएपनि श्रम ऐनको कारणले दाजुभाइहरुले नपाउने अवस्था आएकाले ऐनमा संशोधन गर्ने अवस्था नभए श्रम मन्त्रालयलाई सिफारिस गर्न आग्रह गरे। 
श्रम ऐन संशोधनका लागि सिफारिस गर्न मन्त्री चौरासियाको सुझाव

काठमाडौं, चैत २१ : कानुन ,न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले श्रम ऐन संशोधनको लागि श्रम मन्त्रालयलाई सिफारिस गर्न समितिलाई आग्रह गरेका छन्। 

बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धि मस्यौदा प्रतिवेदनमाथि छलफल बोल्दै उनले यस्तो बताएका हुन्। 

Hardik ivf

उनले बैदेशिक रोजगारमा गएका तथा फर्केर आएका कामदारको बीमाको हकमा हकवाला भनेर पाउने भएपनि श्रम ऐनको कारणले दाजुभाइहरुले नपाउने अवस्था आएकाले ऐनमा संशोधन गर्ने अवस्था नभए श्रम मन्त्रालयलाई सिफारिस गर्न आग्रह गरे। 

‘वैदेशिक रोजगार ऐन २०६४ मा संशोधन भएपछि कायम हुने स्पष्टिकरणको सम्बन्धमा ऐन प्रयोजनका लागि परिवार भन्नाले वैदेशिक रोजगारमा गएका तथा फर्केर आएका कामदार आफंैले पालन पोषण गर्नुपर्ने, पतीपत्नी, छोराछोरी आमा र बाबु ऐनमा लेखिएको अवस्था छ,’ उनले भने, ‘तर कसैको बुबाआमा, श्रीमती पनि छैन भने त्यस्तो अवस्थामा उसको पालन पोषण गर्नुपर्ने अवस्थामा आफ्नै भाइबहिनीको हकमा के हन्छ, यसबारे गम्भीर हुन जरुरी छ। इन्सुरेन्सको हकमा त हकवालाले भनेर पाउछन् तर श्रम ऐनको कारणले दाजुभाईले पाउँदैनन्। यसका लागि ऐनमा संशोधन गर्ने अवस्था छ भने श्रम मन्त्रालयलाई सिफारिस गर्न सकिन्छ भने त्यो गरौं।’ 

उनले वन र श्रम सम्बन्धि केही विधेयकहरुमा मिलाउनुपर्ने अवस्था रहेको पनि धारणा राखे। 
 

प्रकाशित मिति: १६:११ बजे, बिहीबार, चैत २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्