Kathmandu Press

प्रधानमन्त्री ओली र श्रीलकाका प्रधानमन्त्रीबीच भेटवार्ता

भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थियो।
प्रधानमन्त्री ओली र श्रीलकाका प्रधानमन्त्रीबीच भेटवार्ता

बैंकक, चैत २१ : बिमस्टेककोे छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्ड पुगेका प्रधानमन्त्री केपी ओलीले श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियासँग साइड लाइन भेटवार्ता गरेका छन्।

बिहीबार दिउँसो भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ। 

भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थियो।

थाइल्यान्डको औपचारिक भ्रमणको कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आएका सदस्य मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखसँगको साइड लाइन भेटवार्तालाई तिव्रता दिएका छन्। 

साइड लाइन भेटवार्ताकै क्रममा प्रधानमन्त्री ओली शुक्रबार अपरान्ह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने कार्यक्रम छ। 
 
प्रकाशित मिति: १५:५५ बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्