Kathmandu Press

‘मानव जातिको समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक छ’

प्रधानमन्त्री ओलीले नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा सम्बोधन गर्नेक्रममा मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताए। 
‘मानव जातिको समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक छ’

काठमाडौं, चैत २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (आएटी) मा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन्। सम्बोधनकाक्रममा उनले मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताए। 

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्कक पुगेका हुन्। 

प्रधानमन्त्री ओलीले नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा सम्बोधन गर्नेक्रममा मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताए। 

उनले प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१औँ शताब्दीको मानवनीय जनशक्तिको उत्पादनमा जोड दिँदै एआइटिबाट उत्पादिन जनशक्तिले नेपालको जलस्रोतलगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गरे। 

प्रधानमन्त्री ओलीले एआइटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरिएको कोषमा एक लाख अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा पनि गरे। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले उक्त संस्थमा विश्वका विद्यार्थीहरुमध्ये बढी विद्यार्थी हुने मुलुकमध्ये नेपाल चौथो स्थानमा पर्ने भएकाले नेपाल र एआइटीको सहकार्य आफूहरुको प्राथमिकतामा रहेको बताए। 

एआइटीलमा हाल एक सय ८१ नेपाली विद्यार्थी अध्ययनरत छन् भने हालसम्म एक हजार सात सय ९५ नेपाली विद्यार्थीले अध्ययन गरिसकेको जनाइएको छ। 

प्रधानमन्त्री ओलीले विहीबार बिमस्टेक सम्मेलनमा सहभागी सदस्य मुलुकका राष्ट्र प्रमुख तथा सरकारप्रमुखसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

 

प्रकाशित मिति: १५:४४ बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्