Kathmandu Press

आवासीय चिकित्सकले गरे आकस्मिकबाहेक सबै सेवा बहिष्कार

स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने चिकित्सकले आठौँ तह बराबरको निर्वाह भत्ता नपाएको भन्दै सेवा बहिष्कार गरेका हुन्।
आवासीय चिकित्सकले गरे आकस्मिकबाहेक सबै सेवा बहिष्कार
फाइल तस्बिर।

काठमाडौं, चैत २१ : निजी मेडिकल कलेजका आवासीय चिकित्सकले आजबाट आकस्मिक  बाहेकका सबै सेवा बहिष्कार गरेका छन्।

स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने चिकित्सकले आठौँ तह बराबरको निर्वाह भत्ता नपाएको भन्दै सेवा बहिष्कार गरेका हुन्। उनीहरुले यसअघि सुरक्षित कार्यस्थल संघर्ष समितिले तोकिएको निर्वाह भत्ता प्रदान गर्न २४ घण्टे अल्टिमेटम दिएका थिए। 

उक्त अल्टिमेटमभित्र पनि निर्वाह भत्ता नपाएको भन्दै देशभरका मेडिकल कलेजमा सेवा बहिष्कार गरेका हुन्। चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई  ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिन सुझाएको थियो।

चिकित्कले एमडी, एमएस, एमडीएस गर्ने आवासीय चिकित्सकले माग पूरा नभएसम्मका लागि आकस्मिकबाहेक सबै सेवा बहिष्कार गरिएको विज्ञप्तिमार्फत बताएका छन्। 

विज्ञप्तिमा समितिका अध्यक्ष डा.शेषराज घिमिरेले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले गरेको निर्णयबमोजिम आठौँ तह बराबरको निर्वाह भत्ता नपाएपछि आवासीय चिकित्सक सेवा बहिष्कार गर्न बाध्य भएको उल्लेख गरेका छन्। 

अहिले स्नातकोत्तर गर्ने पहिलो, दोस्रो र तेस्रो वर्षका आवासीय चिकित्सकले आकस्मिकबाहेक सेवा छाडेर अस्पताल परिसरमा धर्ना समेत दिएका छन् ।

प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्