Kathmandu Press

नगर प्रहरीकाे अवराेधबीच महानगरमा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

नगर प्रहरीको अवरोधबीच उनलाई कर्मचारीहरूले नै पहरा दिएर कार्यकक्षसम्म पुर्‍याएका थिए। 
नगर प्रहरीकाे अवराेधबीच महानगरमा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

काठमाडौं, चैत २१ : काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं महानगरपालिका कार्यालय पुगेका छन्। 

नगर प्रहरीको अवरोधबीच उनलाई कर्मचारीहरूले नै पहरा दिएर कार्यकक्षसम्म पुर्‍याएका थिए। 

उनलाई कार्यालय प्रवेशमा रोक्न मेयर बालेन साहले महानगर प्रहरी खटाएका थिए। उनीहरूले गुरागाईंलाई गेटमै रोक्ने प्रयास गरेका थिए। 

bbb-1743668837.jpg
 
गुरागाईंको कार्यकक्षमा लगाएको ताला कर्मचारीहरूले ताला फुटाउन प्रयास गरेका थिए । त्यसक्रममा सीसा फुटेको छ। 

महागनगरले गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्