Kathmandu Press

आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो।
आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो

काठमाडौं, चैत २१ : आन्दोलनरत शिक्षकहरूलाई वार्तामा सरकारले बोलाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो।

‘शिक्षक समुदायसँग विगत झै फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले शिक्षा तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक छ।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। 

संसदको हिउँदे अधिवेशन अन्त्य भएकोले शिक्षा ऐन जारी गर्न तत्काल सम्भव नभएपछि शिक्षकहरुले भने अध्यादेशबाट भए पनि आफ्ना माग सम्बोधन गर्नु पर्ने बताएका छन्।

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्