Kathmandu Press

प्रधानमन्त्री ओलीले शुक्रबार मोदीलाई भेट्न

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन सोमबार थाइल्यान्ड पुगेका ओलीले शुक्रबार अपरान्ह ४ बजे मोदीसँग साइड लाइन वार्ता गर्ने तय भएको हो।
प्रधानमन्त्री ओलीले शुक्रबार मोदीलाई भेट्न
फाइल तस्बिर।

काठमाडौं, चैत २१ : थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। 

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन सोमबार थाइल्यान्ड पुगेका ओलीले शुक्रबार अपरान्ह ४ बजे मोदीसँग साइड लाइन वार्ता गर्ने तय भएको हो।

ओली र मोदीबीच करिब २० मिनेट वार्ता हुने बताइएको छ। 

भारतीय प्रधानमन्त्री मोदी बिहीबार आज थाल्यान्ड पुग्ने छन्। 

बुधबार थाइल्यान्डका प्रधानमन्त्रीसँग भेट गरेका ओलीले आज श्रीलंका, भुटान, म्यानमारका सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्।

प्रकाशित मिति: ११:५८ बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्