Kathmandu Press

त्रिचन्द्रमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

बुधबार भएको मतदानमा नेविसंघका गोविन्द कोइराला अध्यक्षमा निर्वाचित भएका छन्।
त्रिचन्द्रमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

काठमाडौं, चैत २१ : त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ।

बुधबार भएको मतदानमा नेविसंघका गोविन्द कोइराला अध्यक्षमा निर्वाचित भएका छन्। तर, औपचारिक घोषणा भने हुन बाँकी छ। 

कोइरालाको प्रतिद्वन्द्वीका रुपमा अनेरास्ववियुबाट प्रमित विष्ट प्रतिस्पर्धामा थिए। 

केही समयमै औपचारिक रुपमा मत परिणाम घोषणाको तयारी भइरहेको छ।

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्