Kathmandu Press

काठमाडौं आज पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा

विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे घातक हुन्छ ।
काठमाडौं आज पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं, चैत २१  : काठमाडौं उपत्यकाको वायु प्रदूषण आज घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको हो ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे घातक हुन्छ ।

यसअघि गएको सोमबारदेखि हिजोसम्म २५० को हाराहारीमा वायु गुणस्तर मापन हुँदै आएको थियो । यो समाचार तयार पार्दासम्म आज बिहान नेपालको काठमाडौं विश्वकै प्रदूषित सूचीको दोस्रो स्थानमा छ । 

पहिलो नम्बरमा भने इराकको बग्दाद परेको छ । त्यहाँको वायु गुणस्तर १ हजार १०१ एक्यूआई पुगेको छ । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म बादल लागेको छ ।
 
प्रकाशित मिति: ०८:४६ बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्