डिजिटल मिडिया प्रस्तोता अवार्डबाट रुपा खड्का सम्मानित
न्यूज एक्सप्रेस मिडिया प्रा.लि.ले उत्कृष्ट समाचार तथा कार्यक्रम प्रस्तोताका रुपमा दुई दशकदेखि क्रियाशिल रहेको भन्दै उक्त अवार्डबाट सम्मान गरेको हो ।
काठमाडौं, चैत १७ : डिजिटल मिडिया प्रस्तोता अवार्ड २०८१ बाट रुपा खड्का सम्मानित भएकी छिन् ।
न्यूज एक्सप्रेस मिडिया प्रा.लि.ले उत्कृष्ट समाचार तथा कार्यक्रम प्रस्तोताका रुपमा दुई दशकदेखि क्रियाशिल रहेको भन्दै उक्त अवार्डबाट सम्मान गरेको हो ।
खड्कालाई प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, सांसद गणेश पराजुली, आयोजक न्यूज एक्सप्रेस मिडिया प्रा. लि. का अध्यक्ष मिलनसिंह परियार, प्रबन्ध निर्देशक जीवन अधिकारी र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष तथा अवार्ड सिफारिस समितिका संयोजक जीवन भण्डारीले खड्कालाई अवार्ड प्रदान गरेका थिए ।
दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ बाट पत्रकार, सञ्चारकर्मी र समाजसेवीहरूलाई सम्मान गरिएको थियो। राष्ट्रिय नाचघरमा आयोजित अवार्ड वितरण समारोहमा यस वर्षको डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिएको थियो।