Kathmandu Press

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आगलागी, सात घर जलेर नष्ट

ताप्लेजुङ, वैशाख २० : ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आगलागी भएको छ ।

गएराती भएको आगलागीबाट सात घर जलेर नष्ट भएका छन् । फुङ्लिङ नगरपालिका &ndas....

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आगलागी, सात घर जलेर नष्ट

ताप्लेजुङ, वैशाख २० : ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आगलागी भएको छ ।

गएराती भएको आगलागीबाट सात घर जलेर नष्ट भएका छन् । फुङ्लिङ नगरपालिका –५ न्यू ट्याक्सी काउण्टर पुरानो बैंक लाईनमा आगलागी भएको हो । राती करिब साढे १० बजे भएको आगलागी तीन घण्टा पछि नियन्त्रणमा आएको थियो ।

Hardik ivf

फुङ्लिङ नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासिन्दको सहयोगमा आगलागि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रण गर्ने क्रममा अन्य दुई घरहरु भत्काईएका थिए ।

कसको घरबाट या कसरी आगो सल्किएको हो भन्ने एकिन भएको छैन । अन्य क्षति सहितको विस्तृत विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: ०७:४२ बजे, शनिबार, वैशाख २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्