आगलागीमा छोरीको मृत्यु, आमा गम्भीर घाइते
तेह्रथुम, फागुन २१ : तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङमा आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ ।
आज बिहान राममाया कार्कीको घरमा आगलाग....

तेह्रथुम, फागुन २१ : तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङमा आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ ।
आज बिहान राममाया कार्कीको घरमा आगलागी हुँदा उनकी २० वर्षीया छोरी सम्झना कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, आज बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी भएको हो ।
आगलागीमा राममाया गम्भीर घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीय वासिन्दाले बताए ।
आगलागीको कारण खुलेको छैन् । आगलागीबाट १० लाख बराबरको धनमालको क्षति भएको जनाएको छ ।
प्रकाशित मिति: १०:३२ बजे, मंगलबार, फागुन २१, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार












