Kathmandu Press

बुढानीलकण्ठमा रक्तदान शिविर हुँदै 

काठमाडौं, वैशाख १९ : रक्तदान नै जीवनदान भन्ने नारासहित कम्युनिटी केयर नेपालले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बुढानिलकण्ठ नगरपािलका १....

बुढानीलकण्ठमा रक्तदान शिविर हुँदै 

काठमाडौं, वैशाख १९ : रक्तदान नै जीवनदान भन्ने नारासहित कम्युनिटी केयर नेपालले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बुढानिलकण्ठ नगरपािलका १३ स्थित हार्मोनी किड्स स्कूलमा शनिबार रक्तदान कार्यक्रम हुने भएको हो। 

रगत संकलन कार्यक्रम बिहान ७ बजेदेखि ११ बजेसम्म हुने कार्यक्रम संयोजक संदिप थापाले बताए। कोरोना भइरस संक्रमण जोखिम फैलन नदिन गरिएको लकडाउनको कारण विभिन्न अस्पतालमा रगतको अभाव हुन सक्ने सम्भावनालाई ध्यान दिँदै रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए। 

रक्तदानको अवधिमा कोरोना संक्रमणबाट जोगिन सामाजिक दूरीको पालना गरिने भएको छ।

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्