गोदावरी नगरपालिकाले धान र तरकारीको बीउ वितरण गर्ने
ललितपुर, वैशाख १९ : गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ बिक्री वितरण गर्ने भएको छ।
कोभिड....
ललितपुर, वैशाख १९ : गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ बिक्री वितरण गर्ने भएको छ।
कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनको कारण बीउ खरिद गर्ने वातावरण नरहँदा नरपालिकाले सहयोगको योजना अघि बढाएको हो।
नगरवासीलाई सहयोगस्वरुप केही राहत पुगोस् भनी बीउबिजनको व्यवस्था गर्न लागेको वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले बताए। उनले भने, 'हामीले बीउबिजन आवश्यक पर्ने नगरवासीलाई नागरिकता र जग्गाधनी प्रमाणपत्र फोटोकपीको साथमा निवेदन लिएर आउन आह्वान गरेका छौं।'
बीउ जोहो गर्ने समय भइसकेको छ । यहाँका जनताले बीउ खरिदको चिन्ता लिएसँगै समस्या समाधान गर्न बीउ खरिद गरी बाँड्ने नगरपालिका कृषि शाखा प्रमुख बेदनाथ पन्थीले जानकारी दिए। उनले भने, 'हामीले बीउबिजन संघ र कृषि सामग्री लिमिटेडबाट ताइचिन, खुमल ४ र खुमल १० नामक बीउ ल्याई वितरण गर्ने मनसाय बनाएका छौं।'