Kathmandu Press

कांग्रेस पार्टी कार्यालयमा खेलकुदमन्त्रीलाई कालो झण्डा

बिहीबार दिउँसाे पार्टी कार्यालय पुगेका चाैधरीलाई एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन्। उनी बाहिरबाट त्यहाँ पुगेका थिए।
कांग्रेस पार्टी कार्यालयमा खेलकुदमन्त्रीलाई कालो झण्डा
फाइल तस्बिर।

काठमाडौं, चैत ७ : कांग्रेस केन्द्रीय कार्यालय सानेपामा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालोझण्डा देखाइएको छ। 

बिहीबार दिउँसाे पार्टी कार्यालय पुगेका चाैधरीलाई एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन्। उनी बाहिरबाट त्यहाँ पुगेका थिए।

प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’ लगायतका नारा लगाएका थिए।

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, चैत ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्