Kathmandu Press

‘भूकम्पबाट प्रभावित ठाउँमा स्थायी आवास निर्माण जारी छ’

‘पश्चिम नेपालमा भूकम्पबाट प्रभावित भएका ठाउँहरुमा डिडिए गर्न बाँकी रहेको कामहरु एकदमै द्रुत गतिमा अगाडि बढिरहेको छ। जुन ठाउँमा डिडिए भइसकेको छ त्यो ठाउँहरुमा स्थायी आवास निर्माणको काम पनि अगाडि बढिरहेको छ,’ गृहमन्त्री लेखकले भने।
‘भूकम्पबाट प्रभावित ठाउँमा स्थायी आवास निर्माण जारी छ’

काठमाडौं, चैत ७ : गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबाट प्रभावित भएका ठाउँहरुमा डिडिए गर्न बाँकी रहेको कामहरु एकदमै द्रुत गतिमा अगाडि बढिरहेको बताएका छन्।

बिहीबार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जुन ठाउँमा डिडिए भइसकेको छ त्यो ठाउँहरुमा स्थायी आवास निर्माणको काम पनि अगाडि बढिरहेको बताए।

Hardik ivf

‘पश्चिम नेपालमा भूकम्पबाट प्रभावित भएका ठाउँहरुमा डिडिए गर्न बाँकी रहेको कामहरु एकदमै द्रुत गतिमा अगाडि बढिरहेको छ। जुन ठाउँमा डिडिए भइसकेको छ त्यो ठाउँहरुमा स्थायी आवास निर्माणको काम पनि अगाडि बढिरहेको छ,’ गृहमन्त्री लेखकले भने।

उनले जाजरकोटमा पनि पुर्नस्थापन र पुर्ननिर्माणको काम अगाडि बढाउने गरेर काम सुरु भइसकेको बताए।

गत असार र साउनमा अविरल वर्षाका कारणले बागमती, कोशी प्रदेशलगायतका अन्य ठाउँमा बाढी,पहिरो, डुबानले जुन क्षति भएको थियो अब तत्काल त्यसका लागि पनि डिडिएका सँगसँगै निजी आवासहरु अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी र थाई बनाउनुपर्ने ठाउँमा थाई बनाउने गरेर कामहरु अगाडि बढाउने उनले बताए।

‘जाजरकोटमै पनि पुर्नस्थापन र पुर्ननिर्माणको काम अगाडि बढाउने गरेर काम सुरु भैइसकेको छ। अनुदानमा जाने रकमको पनि प्रारम्भ भइसकेको छ पश्मि नेपाल भूकम्पको। एक दुई वर्षदेखि रोकिएको कामहरु पनि सुरु भइसकेको छ,’ उनले भने, ‘गत असार र साउनमा अविरल वर्षाका कारणले खास गरेर बागमती, कोशी प्रदेशलगायतका अन्य पनि जुन ठाउँमा बाढी, पहिरो, डुबानले जुन क्षति भएको थियो अब तत्काल त्यसका लागि पनि डिडिएका सँगसँगै निजी आवासहरु अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी र थाई बनाउनुपर्ने ठाउँमा थाई बनाउने गरेर कामहरु अगाडि बढाउने कुराहरु पनि भएको छ। हामी चाँडै नै हप्ता दिन भित्रै हामी करिब करिब कामहरु पनि अगाडि बढाउँछौं।’

 

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, चैत ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्