अखिल क्रान्तिकारीको पक्षमा लहर देखियो : प्रचण्ड
बिहीबार फेसबुकमा स्टाटस लेखेर स्ववियु चुनावको परिणाम उत्साहप्रद रहेको बताउँदै पार्टीसम्बद्ध अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर उत्साहप्रद रहेको बताएका हुन् ।
काठमाडौं, चैत ७ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको परिणामले माओवादीको अभियानमा युवाहरूको साथ रहेको पुष्टि गरेको बताएका छन् ।
बिहीबार फेसबुकमा स्टाटस लेखेर स्ववियु चुनावको परिणाम उत्साहप्रद रहेको बताउँदै पार्टीसम्बद्ध अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर उत्साहप्रद रहेको बताएका हुन् ।
‘कयौं क्याम्पसमा सत्ता गठबन्धन समर्थित विद्यार्थी संगठनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ,’ उनले लेखेका छन् ।
प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार