Kathmandu Press

पृथ्वीनारायण क्याम्पसको स्थगित स्ववियु चुनाव चैत १० गते हुने

निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारसमेतको बुधबार बसेको सर्वपक्षीय बैठकले स्थगित स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब आउने चैत १० गते बिहान आठ बजेदेखि गर्ने निर्णय गरेको हो ।
पृथ्वीनारायण क्याम्पसको स्थगित स्ववियु चुनाव चैत १० गते हुने

पोखरा, चैत ७ : मुलुककै ठुलो र धेरै विद्यार्थी पढ्ने पोखराको पृथ्वीनारायण क्याम्पसमा मंगलबार स्थगित स्वतन्त्र विद्यार्थी युनियनको चुनाब आउने चैत १० गते हुने भएको छ ।

निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारसमेतको बुधबार बसेको सर्वपक्षीय बैठकले स्थगित स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब आउने चैत १० गते बिहान आठ बजेदेखि गर्ने निर्णय गरेको हो ।

Hardik ivf

घोषित नयाँ निर्वाचन तालिका अनुसार चैत ७ गते राती १२ बजेदेखि मौन अवधि शुरु हुने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए । साथै, निर्वाचनका लागि विभिन्न कार्य क्षेत्रको जिम्मेवारीमा रहेका प्राध्यापक र कर्मचारीहरु यथास्थानमै जिम्मेवारी रहेको निर्वाचन समितिले जनाएको छ ।

नौहजार दुईसय ७० जना विद्यार्थी मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा मंगलबार निर्वाचन समितिले छापेको मतपत्रमा अखिल छैठौंका उम्मेदवारको सुची नदेखिए पछि बिबाद हुँदा चुनाब स्थगित भएको थियो ।

मंगलबार बिहान मतदान प्रक्रिया शुरु हुनैलाग्दा मतपत्रमा अखिल ९छैटौं० का अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएको भेटिएको थियो । 

उक्त मतपत्र रद्द गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य शुरु गर्न नसकिएपछि शुरु बुधबारसम्मका लागि चुनाव स्थगित गरिएको भन्दै निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले सूचना जारी गरेक थिए। तर साँझ निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैटौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरे पछि अर्को सुचना न नभएसम्मका लागि पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनाब स्थगित गरिएको थियो।

२०६५ पछि हुन लागेको पिएनको २२ औं स्ववियु अध्यक्षका लागि स्वतन्त्रसहित ८ जना अध्यक्षका उम्मेदवार प्रतिस्पर्धामा छन् ।
 

प्रकाशित मिति: ०८:२२ बजे, बिहीबार, चैत ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्