Kathmandu Press

एक्लै बहुमत ल्याउन नसक्दा अर्को पार्टीसँग मिल्नुपर्ने बाध्यता छ: देउवा

यसको साथै, उनले प्राप्त सुझावहरु पार्टीका लागि महत्वपूर्ण हुनेभन्दै संविधान संशोधनका लागि पनि यस प्रतिवेदनले सहयोग पु¥याउने बताए ।
एक्लै बहुमत ल्याउन नसक्दा अर्को पार्टीसँग मिल्नुपर्ने बाध्यता छ: देउवा

काठमाडौं, चैत ६ : नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भएपनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताए।

बुधबार काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो हुने भन्दै कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता भएको बताए।

Hardik ivf

उनले भने, ‘अहिलेको संविधान एकदमै राम्रो र समावेशी समानुपातिक आधारमा बनेको संविधान हो । तर यो संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता छ ।’

यसको साथै, उनले प्राप्त सुझावहरु पार्टीका लागि महत्वपूर्ण हुनेभन्दै संविधान संशोधनका लागि पनि यस प्रतिवेदनले सहयोग पु¥याउने बताए ।

उनले भने, ‘प्राप्त सुझावहरु पार्टीका लागि महत्वपूर्ण सामाग्री हुनेछ भन्ने मैले विश्वास लिएको छु । आगामी दिनमा संविधान संशोधनका लागि पनि यस प्रतिवेदनले सहयोग पु¥याउने छ भन्ने विश्वास लिएको छु ।’

महिलाहरुले घरको काम पनि गर्नुपर्ने र राज्यले दिएको जिम्मेवारी अनुसार पनि काम गर्नुपर्ने हुदा महिलाहरुको शिरमा अझ बढि जिम्मेवारी रहेको भन्दै यो सबै जिम्मेवारी पूरा गर्ने विश्वास लिएको पनि उनले बताए ।

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, चैत ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्