Kathmandu Press

काठमाडौंको मुख्य सडक छेउको बिजुलीको पोलमा एक्कासि बल्यो ह्वारह्वारती आगो [भिडियो]

काठमाडौंको मुख्य सडक छेउको बिजुलीको पोलमा एक्कासि बल्यो ह्वारह्वारती आगो [भिडियो]

काठमाडौं, चैत ६ : काठमाडौंको लाजिम्पाटमा मुख्य सडक छेउमा रहेको विद्युत पोलमा भीषण आगलागी भएको छ। 

बुधबार दिउँसो लाजिम्पाटस्थित होटल ले हिमालय अगाडिको मुख्य सडक छेउवमा रहेको बिजुलीको पुलमा अकास्मात आगलागी भएको हो। 

दिउँसो करिब सवा तीन बजे तारै तारले जेलिएको खम्बामा पड्केको आवाज आएको थियो। त्यसको दस मिनेटपछि केही ठूलो आवाजसहित पड्केको थियो। 

Hardik ivf

त्यसलगत्तै खम्बामा आगलागी भएको हो।

बिजुलीको तार ह्वारह्वारती बल्न थालेपछि वरपर घर र पसलमा भएका मानिसहरू सडकमा निस्किएका थिए।

आगलागी भएपछि झन्डै आधा घन्टा सडक अवरूद्ध भएको थियो।

नजिकै रहेको अस्पतालक अग्निनियन्त्रक उपकरणले आगो निभाइएको थियो। आगो निभाइएपछिमात्रै दमकल आइपुगेको थियो। 

आगलागी पछि बिजुलीका तार, टेलिफोन र इन्टरनेट कम्पनीका तार जलेर नष्ट हुँदा त्यस क्षेत्रमा विद्युतसँगै इन्टरनेट र टेलिफोन सेवा पनि अवरूद्ध भएको छ। 

अहिले त्यहाँ विद्युत प्राधिकरण, इन्टरनेट कम्पनी र टेलिकम कम्पनीका प्राविधिकहरूले  मर्मत गरिरहेका छन्। 

तस्बिरहरूः 

lazimpat-aglagi-1742387395.jpg

aglagi-1742387400.jpg

प्रकाशित मिति: १८:३० बजे, बुधबार, चैत ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्