Kathmandu Press

सहसचिव र उपसचिवसहित १३३ को सरुवा, सात सिडिओ हेरफेर 

निर्णय अनुसार उपसचिवबाट सहसचिवमा बढुवा भएका दिलकुमार तामाङ कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका छन्। कपिलवस्तुमा कार्यरत विश्वप्रकाश अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। 
सहसचिव र उपसचिवसहित १३३ को सरुवा, सात सिडिओ हेरफेर 

काठमाडौं, चैत ६ : गृह मन्त्रालयले बुधबार सहसचिव र उपसचिव गरी एक सय ३३ जनाको सरुवा गरेको छ। सात जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन्। 

निर्णय अनुसार उपसचिवबाट सहसचिवमा बढुवा भएका दिलकुमार तामाङ कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका छन्। कपिलवस्तुमा कार्यरत विश्वप्रकाश अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। 

यस्तै उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई पर्वतको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । अछाममा कार्यरत शिवप्रसाद लम्साललाई गृह मन्त्रालय मातहत सरुवा गरिएको छ ।

गृह मन्त्रालयले सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा जगदिश्वर उपाध्याय, नवलपरासीमा भविश्वर पाण्डे, बागलुङमा कुमानसिंह गुरुङ, उदयपुरमा प्रेमप्रसाद लुइँटेल र अछाममा आनन्द सारुलाई पदस्थापन गर्ने निर्णय गरेको छ। 
 
प्रकाशित मिति: १४:१९ बजे, बुधबार, चैत ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्