सीमा पार नगर्न पूर्वराजालाई विमलेन्द्र निधिको चेतावनी
‘कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन। कुनै पनि किसिमको राजतन्त्र फर्किने अवस्था छैन,’ उनले भने, ‘जनताले चाहेको छैन, रुचाउँदैन। त्यसका लागि जे पनि गर्न तयार छौँ, हेक्का रहोस्।’
काठमाडौं, चैत ६ : नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले पूर्वराजालाई सीमा पार नगर्न चेतावनी दिएका छन्।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले कुनै पनि हालतमा राजतन्त्र नर्फकने बताउँदै जनताको विरुद्धमा गए आफूहरू जे पनि गर्न तयार रहेको चेतावनी दिए।
‘कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन। कुनै पनि किसिमको राजतन्त्र फर्किने अवस्था छैन,’ उनले भने, ‘जनताले चाहेको छैन, रुचाउँदैन। त्यसका लागि जे पनि गर्न तयार छौँ, हेक्का रहोस्।’
उनले नेपाली जनताले त्यो धैर्यता, सहनशीलता, सम्मान दिएको छ बताउँदै त्यो सीमालाई पार नगर्न पूर्वराजालार्य सचेत गराए। उनले भने, ‘इतिहासमा हेर्ने हो भने राजतन्त्र अन्त्य हुने बेलामा कस्तो दुर्गति हुन्छ तत्कालीन राजाहरूको।’
सांसद निधिले देशी–विदेशी साधुसन्तले भनेजस्तो राजतन्त्र आउँछ भन्ने नसोच्न पनि आग्रह गरे। उनले नेपालको अन्तिम राजा ज्ञानेन्द शाह भएको बताउँदै संविधान बनाउने बेलामा निर्णय स्वीकार गरेकोमा उनको प्रशंसा गरे।
‘देशी–विदेशी साधुसन्तले भनेर नेपालमा यो आउँछ त्यो आउँछ कसैले सोच्छ भने नसोचे हुन्छ। स्मरण गरौं, हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो । हामीलाई रोक्न पनि खोजिएको थियो । हामी चाहिँ आफ्नै नेपाल, नेपाली फस्टलाई हामी आफैँले प्रयोगबाट प्रमाणित गरेका छौं,’ उनले भने।

-1786106234.jpg)




-1786106234.jpg)




