Kathmandu Press

नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणमा दुई सयभन्दा बढी लिन नपाइने 

नवीकरणको क्रममा नियमावलीमा तोकिएको रकम भन्दा बढी लिने गरिएको पाइएपछि कांग्रेस महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समितिबाट दुई सय रुपैयाँ भन्दा बढी लिन नपाउने निर्णय भएको हो। 
नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणमा दुई सयभन्दा बढी लिन नपाइने 

काठमाडौं, चैत ६ : नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दा तोकिएको शुल्क भन्दा बढी लिन नपाइने निर्णय भएको छ।

सदस्यता व्यवस्थापन समितिको बैठकबाट क्रियाशील सदस्यता नवीकरण गर्दा दुई सय रुपैयाँ भन्दा बढी लिन नपाउने निर्णय भएको हो। नवीकरणको क्रममा नियमावलीमा तोकिएको रकम भन्दा बढी लिने गरिएको पाइएपछि कांग्रेस महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समितिबाट दुई सय रुपैयाँ भन्दा बढी लिन नपाउने निर्णय भएको हो। 

Hardik ivf

पार्टीले तोकेको शुल्क अनुसार प्रत्येक वर्ष नवीकरण गर्दा बुझाउनुपर्ने रकम दुई सय रुपैयाँ रहे पनि विभिन्न नाममा बढी रकम उठाउने गरिएको भन्दै गुनासो उठिरहेको थियो। 

सदस्यता व्यवस्थापन समितिले कांग्रेसबाट पालिकामा जितेका जनप्रतिनिधिको लेबी रकम घटाउने निर्णय समेत गरेको छ । यस्तै, कांग्रेसले पालिका अध्यक्ष, उपाध्यक्ष, नगरका प्रमुख र उपप्रमुखको लेबी पारिश्रमिकबाट २० बाट १० प्रतिशतमा झारिएको छ। वडाध्यक्षको हकमा १० बाट घटाएर ५ प्रतिशतमा लेबी रकम कायम गरिएको छ। समितिले प्रदेश समितिलाई क्रियाशील सदस्यता नवीकरणको अनुगमनमा खटाउने निर्णय पनि गरेको छ।

समितिले क्रियाशील सदस्यता स्थानान्तरण गर्दा बसाइँसराइ र मतदाता परिचयपत्र पेस गरेको व्यक्तिलाई मान्यता दिने निर्णय पनि भएको छ। यस्तै, अनुशासन समितिले समयमा निर्णय नगर्दा क्रियाशील सदस्यता नवीकरण हुन नसकेका व्यक्तिका सन्दर्भमा महामन्त्री थापाले सभापति शेरबहादुर देउवा, शीर्ष नेता र अनुशासन समितिका सदस्यसँग छलफल गरेर छिटो टुंगाउन पहल गर्ने निर्णय समेत भएको छ। 

सदस्यताको कार्ड अपुग भएका जिल्लाहरू डोल्पा, मुस्ताङ, बारा, अर्घाखाँची लगायतका जिल्लामा थप पठाइने भएको छ विदेशस्थित सबै ३६ वटा जनसम्पर्क समितिलाई नवीकरण कार्ड वितरण गर्ने निर्णय पनि समितिले लिएको छ।

प्रकाशित मिति: १३:२५ बजे, बुधबार, चैत ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्