Kathmandu Press

जनार्दन शर्मा भन्छन्– राजतन्त्र आउँदैन र आउन दिइँदैन 

वंशनासँगै समाप्त भएको राजतन्त्र फेरि नफर्कने बताउँदै उनले सार्वभौम भएका जनताले फेरि राजतन्त्र ल्याउने मूर्खता नगर्ने बताए। 
जनार्दन शर्मा भन्छन्– राजतन्त्र आउँदैन र आउन दिइँदैन 

काठमाडौं, चैत ६ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले नेपालमा राजतन्त्र फर्कन नसक्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले दरबार हत्याकाण्डबाटै गणतन्त्रको प्ररम्भ भएकाले राजतन्त्र नआउने र आउन पनि नदिइने बताए। 

Hardik ivf

‘०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो। त्यस दिनबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्रको प्रारम्भ भएको हो,’ सांसद शर्माले भने।

वंशनासँगै समाप्त भएको राजतन्त्र फेरि नफर्कने बताउँदै उनले सार्वभौम भएका जनताले फेरि राजतन्त्र ल्याउने मूर्खता नगर्ने बताए। 

‘राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन। बरु, समाजमा रहेको, आफैंभित्र रहेको राजतन्त्रीय प्रवृत्ति र व्यहारको अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘आफैँभित्रको रातन्त्रको अन्त्य गर्न लाग्नुपर्छ। आजको मुख्य काम यही हो।’

नेताहरूबीच कुर्सी छिनाझपटी, एक अर्काप्रतिको गालीगलौज, लाञ्छनाका कारण लोकतान्त्रिक अभ्यासमा अविश्वास पैदा भएको उनले बताए। 

प्रकाशित मिति: १३:१६ बजे, बुधबार, चैत ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्