Kathmandu Press

आज दुई संसदीय समितिको बैठक बस्दै

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
आज दुई संसदीय समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, चैत ६ : संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई समितिको बैठक बस्दैछ । 

बुधबार कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान पौने ११ बजे बस्नेछ । बैठकमा शहरी विकास मन्त्रालयसँग छलफल गर्ने तयारी छ । छलफलका लागि उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीलाई बोलाइएको छ ।

प्रकाशित मिति: ०८:४५ बजे, बुधबार, चैत ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्