कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
नेपाली कांग्रेसले आगामी चैत १० गते बस्ने गरी पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
काठमाडौं, चैत ५ : नेपाली कांग्रेसले आगामी चैत १० गते बस्ने गरी पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी÷पूर्वपदाधिकारीको बैठकले कार्यसम्पादन समितिको बैठक डाकेको हो।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको हो । कार्यसम्पादन समिति बैठकमा राजावादीको पछिल्लो गतिविधिबारे छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: १९:२७ बजे, मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












