Kathmandu Press

स्ववियू निर्वाचन : आरआर कलेजमा मध्यराति तालावन्दीपछि विद्यार्थीले गरे आन्दोलन

मंगलबार विहान सूचना टाँसेर आरआरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित गरिएको थियो। 
स्ववियू निर्वाचन : आरआर कलेजमा मध्यराति तालावन्दीपछि विद्यार्थीले गरे आन्दोलन

काठमाडौं, चैत ५ : रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा निर्वाचनको माग गर्दै विद्यार्थीले आन्दोलन गरेका छन्। 

मंगलबार विहान सूचना टाँसेर आरआरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित गरिएको थियो। 

आरआरमा आजका लागि तय भएको चुनाव स्थगन गरिएपछि विद्यार्थीले आन्दोलन शुरु गरेका हुन्। 

सोमबार मध्यराति नेकपा (एमाले) निकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले विद्यार्थी परिचयत पत्रमा प्रश्न खडा गर्दै तालाबन्दी गरेका थिए। 

निर्वाचन समितिले स्ववियू चुनाव स्थगित गरेको बताएपछि बाँकी विद्यार्थी संगठनले चुनावको माग राखेर आन्दोलन शुरु गरेका हुन् । अहिले कलेजको गेट अगाडी नाराबाजी चलिरहेको छ।  

प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, चैत ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्