Kathmandu Press

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त आईजीपी थापा

कार्यभार सम्हाल्दै नवनियुक्त (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्।
प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त आईजीपी थापा

काठमाडौं, चैत ५ :  सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेको छ।

मंगलबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिन्ह प्रदान गरेका हुन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।

Hardik ivf

३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी गएरातिबाट बिदा भइसकेका छन्। थापाले आजैबाट कार्यभार सम्हाल्ने छन्।

कार्यभार सम्हाल्दै नवनियुक्त (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। उनले प्रहरी भित्रको सुधार आफैंबाट सुरू गर्ने बताए।

‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ। प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन,’ उनले भने, ‘सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन।’ 

साथै उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताए। 

प्रकाशित मिति: ११:१७ बजे, मंगलबार, चैत ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्