Kathmandu Press

सुनको मूल्यले बनायो हालसम्मकै नयाँ रेकर्ड, तोलामा कति पुग्यो?

हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २ सय रुपैयाँ कायम भएको हो। 
सुनको मूल्यले बनायो हालसम्मकै नयाँ रेकर्ड, तोलामा कति पुग्यो?

काठमाडौं, चैत ५ : नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। 

हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो। 

Hardik ivf

यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो। त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार १ सय रुपैयाँ कायम भएको थियो। उक्त दिनको तुलनामा आज १ हजार १ सय रुपैयाँ बढेको हो। 

यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको हो।
 

प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, चैत ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्