Kathmandu Press

विपद् प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्ट नियुक्त

भट्ट वातावरण तथा जलवायु परिवर्तनका विज्ञ हुन्।
विपद् प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्ट नियुक्त

काठमाडौं, चैत ४ : सरकारले विपद जोखिम न्यूनीकरण प्राधिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशकमा दिनेश भट्ट नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्राधिकरणको कार्यकारी निर्देशक सिफारिस गर्न बनेको समितिले भट्टसहित सुमनकुमार कर्ण र मन्दीप सुवेदीको नाम सिफारिस गरेको थियो।

भट्ट वातावरण तथा जलवायु परिवर्तनका विज्ञ हुन्।

प्रकाशित मिति: १९:५५ बजे, सोमबार, चैत ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्