दीपक थापालाई आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
नयाँ महानिरीक्षक पदमा उनीसँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि दौडमा थिए।
काठमाडौं, चैत ४ : सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आइजिपी) नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दिपक थापालाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको हो।
उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुखका रूपमा कार्यरत थिए।
नयाँ महानिरीक्षक पदमा उनीसँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि दौडमा थिए।
नयाँ महानिरीक्षक बनेका थापा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पनि प्रमुख भइसकेका छन्।
त्यस्तै बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेत र बुटवलको प्रमुख भइसकेका छन्।
आइजिपी बसन्तबहादुर कुँवर ३० वर्षे उमेरहदका कारण सोमबार महानिरीक्षकबाट बिदा भएका छन्।
प्रकाशित मिति: १९:१५ बजे, सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार