Kathmandu Press

बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज 

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको संयुक्त इजलासले रिट खारेज हुने फैसला गरेको हो। 
बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज 

काठमाडौं, चैत ४ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका बेचन झाले थुनामुक्तीको माग गर्दै दिएको वन्दीप्रत्यक्षीकरण रिट सोमबार सर्वोच्चबाट खारेज भएको छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको संयुक्त इजलासले रिट खारेज हुने फैसला गरेको हो। 

झाले गत माघ २ गते झाले सर्वोच्चमा रिट दिएका थिए। झा गत वर्ष असार १३ गते पक्राउ परेका थिए। झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ। 

प्रहरीले झासमेतको मिलेमतोमा नेपाली नागरिकलाई नक्कली भुटानी नागरिक बनाएर अमेरिका पठाउनेक्रममा २८ करोड ८१ लाख ७४ हजार पाँच सय रूपैयाँ पीडितबाट ठगी भएको भन्दै मुद्दा दर्ता गरेको थियो। 

झा भन्दा अगाडी पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितका ८ प्रतिवादीहरु हाल पुर्पक्षका लागि थुनामा छन्। 
 

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, चैत ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्