Kathmandu Press

वंशतन्त्रलाई बोक्न यो राष्ट्र तयार छैन: झलनाथ खनाल

सोमबार ‘मैले बुनेका रहर’ बोलको गीत बिमोचन कार्यक्रममा बोल्दै उनले हामीले नयाँ रहरहरु सिर्जना गर्नुपर्ने बताएका हुन् ।
वंशतन्त्रलाई बोक्न यो राष्ट्र तयार छैन: झलनाथ खनाल

काठमाडौं, चैत ४ : नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वशंतन्त्रलाई बोक्न यो राष्ट्र तयार नभएको बताएका छन्।

सोमबार ‘मैले बुनेका रहर’ बोलको गीत बिमोचन कार्यक्रममा बोल्दै उनले हामीले नयाँ रहरहरु सिर्जना गर्नुपर्ने बताएका हुन् ।

Hardik ivf

उनले भने, ‘हामीले वशंतन्त्रको युग पार गरेर लोकतन्त्रको युगमा आएका हौ । यो देशमा जतिसुकै पदहरु बढुन् । हर पदमा जनताले निर्वाचन गरेको व्यक्ति मात्र रहन पाउछ । ०६२/०६३ को परिर्वतनको सन्देश यो पनि हो । अब फेरि वशंतन्त्रलाई बोक्न यो राष्ट्र तयार छैन।’

उनले हामीले नयाँ रहरहरु सिर्जना गरी समाजमा भएका अन्याय, दमन, शोषणको अन्त्य गर्ने रहरको सिर्जना गर्न तिर लाग्नुपर्ने पनि बताए  । 

यस्तै, गीत बिमोचन कार्यक्रममा पुगेका कलाकार दमन रुपाखेतीले आफ्नो प्रस्तुति पनि राखेका थिए ।

प्रकाशित मिति: १८:१६ बजे, सोमबार, चैत ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्