Kathmandu Press

एमालेले भन्यो– २१औं शताब्दीमा वंशगत शासनको बहस गर्नु हानिकारक

‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरुप्रति नेकपा एमालेको गम्भिर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी, संघर्षको परिणाम हो,’ उनले भनेका छन्। 
एमालेले भन्यो– २१औं शताब्दीमा वंशगत शासनको बहस गर्नु हानिकारक

काठमाडौं, चैत ४ : सत्तारुढ दल नेकपा एमालेले २१औं शताब्दीमा वंशगत शासनको बहस गर्नु आफैंमा हास्यास्पद र हानीकारक भएको ठहर गरेको छ। 

सचिवालय बैठकपश्चात सञ्चारकर्मीहरूसँग बोल्दै उपमहासचिव प्रदिप ज्ञवालीले २१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस गर्नु आफैंमा हास्यास्पद, हानीकारक विषय भएको भन्दै युवा पुस्ताले यसबारे तुलनात्मक अध्ययन गर्नुपर्ने बताए। 

Hardik ivf

‘नेकपा एमाले आम जनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको महत्वलाई गम्भिरताका साथ आत्मसाथ गर्न, निरङ्कुश कालमा अधिकार खोसिदाको पीडालाई अनुभूत गर्न दुई शताब्दीभन्दा लामो राजतन्त्रको एकछत्र शासन कालमा मुलुकको अवस्था कस्तो थियो भनेर तुलनात्मक अध्ययन गर्न आह्वान गर्दछु,’ उनले भने, ‘२१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस गर्नु आफैंमा हास्यास्पद, हानीकारक विषय हो भन्ने कुरामा विशेष जोड दिन चाहन्छौं।’

उपमहासचिव ज्ञवालीप्ले विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरित राजतन्त्र पटक–पटक जनताका अधिकारहरुमाथि आक्रमण र सर्वसत्तावादतर्फ लागेपछि संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै जनताको यो फैसलालाई उल्टाउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने बताए। 

‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरुप्रति नेकपा एमालेको गम्भिर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी, संघर्षको परिणाम हो,’ उनले भनेका छन्। 

जनताको फैसलालाई उल्टाउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्नेमा एमाले स्पष्ट रहेको उनले बताए। 

संविधान कार्यान्वयनको एक दशकको समिक्षा गरेर लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन पनि नेकपा एमाले संकल्पित रहेको उनको भनाइ छ।  
 

प्रकाशित मिति: १७:४६ बजे, सोमबार, चैत ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्