Kathmandu Press

नेप्से  दोहोरो अंकले घट्यो 

आज नेप्से परिसूचक २१ दशमलव ६३ अंकले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ। 
नेप्से  दोहोरो अंकले घट्यो 

काठमाडौं, चैत ३ : साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। 

आज नेप्से परिसूचक २१ दशमलव ६३ अंकले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ। 

३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा छ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ।

व्यापार समूह ४.९२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै २.२५ प्रतिशतले घटेको छ । 

यस्तै, बैंकिङ ०.८०, वित्त १.३९, होटल तथा पर्यटन ०.५३, जलविद्युत् १.२९, लगानी १.७२, जीवन बीमा १.०६, उत्पादन तथा प्रशोधन ०.०१, लघुवित्त ०.८८, म्युचुअल फन्ड ०.०४, निर्जीवन बीमा ०.७२ र अन्य समूह १.५२ प्रतिशतले घटेको छ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै ८.१९ प्रतिशतको वृद्धि देखिएको छ। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ७.९१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ५८ करोड ६६ लाख आठ हजार तीन सय ४८ बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको ११ लाख ९३ हजार नौ सय ३७ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:१३ बजे, आइतबार, चैत ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्